पोखरामा भिजिट नेपाल प्रदर्शनी

Share:

पोखरा । नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२०मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सफल बनाउन पोखरामा युवाहरुले भिजिट नेपाल प्रदर्शनी गरेका छन् ।

नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसारलाई तीव्र तुल्याउन नेपाली चिनारी झल्काउने चित्र कला प्रदर्शनी गरिएको कार्यक्रम संयोजक रामकृष्ण भण्डारीले बताए ।

पोखरा सार्बजनिक पुस्तकालयमा फागुन ९ र १० गते बिहान १० बजे देखी ४ बजे सम्म चलेको उक्त कार्यक्रममा नेपाली चिनारी झल्काउने चित्रहरु संगै अन्य कलाहरुको पनि प्रदर्शन गरिएको थियो ।

यस कार्यक्रममा विभिन्न बिद्यालयका विद्यार्थीहरुले कार्यक्रम स्थल अबलोकन गरी भिडियो मार्फत नेपाली संस्कृति बारेमा अझ बढी बुझ्ने अवसर पाएको बताए।

यस कार्यक्रममा अमरसिंह मा।वि का विद्यार्थीहरुले बनाएका कलाहरु समेत प्रदर्शनीमा राखिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: