
पोखरा । आज (मङ्गलबार) विहानै देखि पोखरालगायत देशको अधिकांश पहाडी क्षेत्रमा पानी परिरहेको छ । देशभर पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीका कारण देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । साँझपख भने केही ठाउँमा हावाहुरी पनि चल्ने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
