कर्णालीमा जीप खस्यो, एकको मृत्यु

676
0
Share:

कालिकोट – कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारस्थित कर्णाली नदीमा आज बिहान जीप खस्दा चालकको मृत्यु भएको छ ।

जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
Share: