केबिन ओ ब्रायनले यस सिजन पनि काठमाण्डौबाटै खेल्ने

Share:

पोखरा। काठमाण्डौं किंग्स इलाभेनले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि आफ्नो पहिलो बिदेशी खेलाडी अनुबन्ध गरेको छ। काठमाण्डौंले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै आफ्नो पहिलो खेलाडी अनुबन्ध गरेको छ।

टेष्ट राष्ट्र आयरल्याण्डका क्रिकेटर केभिन ओ ब्रायनलाई काठमाण्डौंले पहिलो विदेशी खेलाडीको रुपमा केभिनलाई अनुबन्ध गरेको हो । गत सिजन पनि केभिनले काठमाण्डौंबाटै खेलेका थिए । अलराउन्डर केभिनले गत सिजना उत्कृष्ट प्रदर्शन गरेका थिए ।

केभिनले गत संस्करणको ईपीएलमा १ सय ८४ रन गराएका थिए भने ९ विकेट हात पारे। केभिनले आयरल्याण्डबाट ३ पटक एकदिवसीय र ५ पटक टी ट्वान्टी विश्वकप खेलेका छन् । यस्तै केभिन आयरल्याण्डको लागि टेष्ट क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: