भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्न- बालुवाटारमा ऐना छ कि छैन ?

753
0
Share:

काठमाडौं । नेपाली काँग्रेसले नेकपा सरकारले सत्ताउन्माद प्रर्दशन गरेको बताएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले ७० करोड घुस दिन्छु भन्नेलाई ठेक्का नदिएर त्यो भन्दा बढी घुस दिन्छु भन्नेलाई ठेक्का दिने काम गर्नु लाजमर्दो विषय भएको बताए ।

प्रधानमन्त्रीले भष्ट्राचार गर्दिन र गर्न दिन्न भन्ने तर नेपाल ट्रस्टको जग्गा तथा भवन नीति परिवर्तन गर्दै बुझाइको बताए । उनले सञ्चार मन्त्रालय आफै भष्ट्राचारको अखडा बनेको बताउँदै स्याटेलाइट ब्याण्डविथ वितरण होस, फोर जि वितरण, अप्टिकल फाइबर, टेलिकम इजाजतपत्र दिन एउटै मन्त्रालयमा भष्टाचारका लागि खरबौंका योजना तयार पारिएको बताए । त्यसैकारण प्रधानमन्त्रीले तुलामा राख्दा सञ्चारमन्त्री एकातिर अरु अर्को तिर भनेको भन्दै कटाक्ष गरे ।

सांसद रिजालले पुराना राजाको जन्मदिन समान्य रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा सत्ताउन्माद देखेर जनता दिग्दार र निराश बनेको बताए । उनले भने– ‘तपाईको जन्मोत्सवले पुराना राजा महाराजालाई इस्र्या लाग्यो होला । जुन तामझाम लिएर केन्द्रका प्रदेशबाट चारपाँच वटा हेलिकोप्टरमा आफ्ना मान्छे लग्नुभयो, उनीहरुले सोचे होलान् यो खड्गप्रसाद हैन नयाँ राजा महाराजा हो । तपाईभन्दा २० वर्ष पहिले जन्मिएको घरले अपमानित भएको महसुस ग¥योहोला । हिजोका राजाको भन्दा भद्धा नक्कल यो कम्युनिष्ट पार्टीले गरेको छ ।’

उनले पार्टीको झगडा व्यवस्थापन गर्न संविधान संसोधन गर्ने बठ्याईलाई नाच्न नजान्ने आँगन टेढो जस्तो भएको उल्लेख गरे । सांसद रिजालले भष्टाचारको यस्तो अवस्था फेरी हुँदैन भनेर संसदमा आएर जवाफ दिन आग्रह गरे । उनले भने– ‘मदन भण्डारीलाई विश्वास दिलाउनुस्, थरी थरीका श्रीपेच लगाएर आजको कम्युनिष्ट राजतन्त्रले जनतामा भष्टाचारले गाजेको नेपाल बनाउँदैनौँ भनेर । मदन भण्डारीको आत्मालाई शान्ति दिने बाटो त्यही होला ।’ सांसद रिजादले जनताले शंकाको सुविधा दिएको बताउदै प्रधानमन्त्रीको काँधमा चढेकोले तुक्र्याएको भन्दै सर्वाङ्ग जिय गन्हाउँदै गरेको बताए ।

प्रधानमन्त्री ओलीमाथि कडा कटाक्ष

बैठकमा नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीमाथि कडा कटाक्ष गरेका छन् । उनले ७० करोड कमिसनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएको घटनाबारे प्रधानमनत्री निकटस्थले ‘उहाँलाई थाहा थिएन’ भनेकोतर्फ लक्षित गर्दै संसद बैठकमा कटाक्ष गरेका हुन् । उनले आफ्नै चुलो चलाउने र अफैले सर्वाधिक प्रतिभाशाली भनेको बाँस्कोटाबारे केही थाहा थिएन भनेर अरु के चाहिँ थाहा थियो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे ।

प्रधानमन्त्रीले भ्रष्टाचारीको अनुहानर हेर्दिनँ भनेर बारम्बार भनेको भन्दै उनले भने, ‘जनता बालुवाटारमा ऐना छ कि छैन भनेर सोध्दै छन्, तपाईंलाई थाहा छ ?,’ उनले भने, ‘उहाँकै कार्यकर्ताहरुले हामीसँग भेट्दा भन्नुहुन्छ, हाम्रो प्रधानमन्त्रीजी पहिला मार्क्सवादीजस्तो देखिनुहुन्थ्यो, पछि समाजवादीजस्तो देखिनुभयो । अहिले जताबाट हेरे पनि यतिवादी जस्तो देखिनुहुन्छ भन्नुहुन्छ ? प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ ।’

नेकपा कमिसनबिना अगाडी बढ्न सक्दैन : सांसद गिरी

समाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडी बढ्न नसक्ने बताएकी छिन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरिन् । ‘नेकपाको समाजवाद कमिसनवाद बिना टिक्न सक्छ ?’ भन्ने प्रश्न गर्दै सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिइन् ।

सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाएका छन् । नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उनले प्रश्न समेत गरिन् । उनले भनिन्, ‘विधिका शासन कहाँ गया ? सभामुख महोदय ।’ उनले पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रवृत्ति हावी भएको बताइन् ।

कमेन्ट गर्नुहोस्
Share: