फेवातालमा डुङ्गा डुब्दा हराएका सुमित मृत भेटिए

Share:

पोखरा । पोखराको फेवातालमा सोमबार दिउँसो डुङ्गा डुब्दा बेपत्ता भएका काठमाडौैंका सुमित लुइँटेल मृत भेटिएका छन् । उनीको शव तालको बीच भाग खपौँदी क्षेत्रमा फेला परेको वडा प्रहरी कार्यालय, बैदामका डिएसपी यादब ढकालले जानकारी दिए ।

गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराको गोताखोर सहितको टोली खोजीका लागि खटिएको थियो । सोहि टोलिले दिउँसो साढे दुई बजे उनको शव भेटेको हो । सोमबार दिउँसो एक बजे तीन जना सवार डुङ्गा तालमा डुबेको थियो ।

दुई जनाको तत्काल सकुशल उद्दार गरिए पनि २७ वर्षका सुमित भने बेपत्ता भएका थिए । पोखरा घुम्न आएका काठमाडौँको कपन बस्ने २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रूपेश अधिकारीको तत्काल सकुशल उद्दार गरिएको थियो।

चार जनाको टोलि पोखरा घुम्न आएको तर तीन जना मात्र डुङ्गा सयरका लागि गएका थिए । एक जना भने डुङ्गामा गएका थिएनन् । उनीहरू सोमबार बिहान पोखरा आएको बुझिएको छ । पोखरा आएलगत्तै तीन जना डुङ्गा शयर गर्न पुगेका थिए ।

लाइफ ज्याकेट प्रयोग नगरी तालमा पुगेको केहि समयमै डुङ्गा पल्टिएको थियो। उनीहरु जलारीसँग डुङ्गा लिएर तालमा गएका थिए ।

यो पनि::

फेवातालमा डुङ्गा डुब्यो, दुई जनाको सकुशल उद्दार, एक बेपत्ता

फेवातालमा डुङ्गा डुब्दा हराएका सुमित भेटिएनन्, भोलि बिहानबाट फेरि खोजिने

कमेन्ट गर्नुहोस्
Share: