नेपालबाट फर्केका स्पेनी नागरिकको कोरोनाका कारण मृत्यु !

2089
0
Share:

काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरस फेला परेको छैन भनेर हामी ढुक्क जस्तै पारामा बसिरहेका छौं । नेपालमा फेला नपरे पनि यहाँको भ्रमण गरेर स्पेन पुगेका एक पर्यटकको कोरोना संक्रमणकै कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भ्यालेन्सियाको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डेलीमेलले जनाएअनुसार, नेपाल भ्रमणबाट फर्किएका ती पर्यटकको सिटी अस्पतालमा उपचारका क्रममा गत फेब्रुअरी १३ मा निधन भएको हो । कोरोनाका कारण ज्यान गुमाउने ती व्यक्तिबारे विस्तृत केही बताइएको छैन ।

कोरोनाभाइरस संक्रमणका कारण स्पेनमा ज्यान गएको यो पहिलो घटना हो । त्यहाँस्थित क्षेत्रीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डेलीमेलले स्पेनमा हालसम्म १९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ । यसअघि, १७ जनामा कोरोनाको लक्षण देखिएकोमा थप २ जनामा पनि संक्रमण भेटिएको हो ।

कमेन्ट गर्नुहोस्
Share: