
बिग न्यूज
पोखरा, २० फागुन । शैक्षिक परामर्शदाता कम्पनी ज्ञान करिअर इन्स्टिच्यूटले फिल्म सम्बन्धि अध्ययनका लागि दुबईको विशेष प्याकेज सार्वजनिक गरेको छ । फिल्मलाई आफ्नो करिअर बनाउन चाहने विद्यार्थीहरुको लागि यो कोर्ष विशेष रहेको इन्स्टिच्यूटले जनाएको छ ।
‘फिल्म निर्माण र यसको प्रकृयाको विषयमा अहिलेको युवापुस्ता विशेष रुची राख्छन् । त्यसैले पनि हामीले दुबईको स्थापित कलेजसँगको सहकार्यमा यो कोर्षको प्याकेज नेपाली युवाहरुलाई लक्षित गरि सार्वजनिक गरेका हौँ ।’ ज्ञान करिअर इन्स्टिच्यूटकी प्रबन्ध निर्देशक अकृजा पोखरेलले भनिन्–‘बिशुद्ध नयाँ र केही काम गरिरहेकाहरुको लागि यो विशेष कोर्ष हुनेछ ।’
इन्स्टिच्यूटले दिएको जानकारी अनुसार यो कोर्ष दुबईमा दिईनेछ । र, यो कोर्ष लिन चाहनेहरुले फिल्मकै विभिन्न विधामा अध्ययन गर्न पाउनेछन् । साथै उनीहरुले विश्वप्रसिद्ध फिल्ममेकरहरुसँग सहकार्य गरेर काम गर्न पाउने अवसर पनि हुनेछ । ‘विद्यार्थीहरुले अन्तराष्ट्रियस्तरको स्टुडियोहरुमा फिल्म मेकिङ कसरी हुन्छ भन्ने कुरा नजिकबाट अनुभव लिन सक्नेछन् ।’ पोखरलले भनिन् ।
शैक्षिक परामर्शदाता कम्पनी ज्ञान करिअर इन्स्टिच्यूट दुबईको ‘नेस्ट एकेडेमी अफ म्यानेजमेन्ट एजुकेशन’को आधिकारिक प्रतिनीधि संस्था हो । र, दुबईमा फिल्म सम्बन्धि कोर्ष यही कलेजमा पढाईनेछ ।
इन्स्टिच्यूटका अनुसार यो छाटो अवधीको कोर्ष हो । विद्यार्थीहरुले २ महिना यो कोर्षका लागि छुट्याउनुपर्ने इन्स्टिच्यूटले जनाएको छ । विशेष प्याकेजमा यो कोर्षका लागि जाने विद्यार्थीहरुको खान र बस्नको व्यवस्था पनि कलेज आफैले गरिदिने इन्स्टिच्यूटले जनाएको छ । ‘विद्यार्थीहरुले २ महिना यो कोर्ष अध्ययन गरेर फर्केपछि स्वरोजगार बन्न पनि सक्छन् । त्यस्तै विद्यार्थीहरुले अन्तराष्ट्रियस्तरका फिल्म मेकरहरुसँग काम गर्ने वातावरण पनि बन्न सक्छ ।’ इन्स्टिच्यूटले जनाएको छ ।
यो कोर्ष अन्तरगत निर्देशन, सिनेमाटोग्राफि, इडिटिङ, स्क्रिप्ट एण्ड स्क्रिनप्ले राइटिङ, फोटोग्राफि र सिनेम्याटोग्राफि सम्बन्धि सिकाईनेछ । त्यो सँगै विश्वबजारमा फिल्म कसरी बन्छन् र फिल्मको सम्पूर्ण निर्माण प्रकृया कसरी व्यवस्थापन गरिन्छ भन्ने विषयलाई पनि यो कोर्षले समेट्ने इन्स्टिच्यूटकी प्रबन्ध निर्देशक पोखरेलले बताईन् ।

