
काठमाडौँ । आज (शुक्रबार) हावाहुरी, चट्याङ र असिनासहित प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज अलि ठूलै वर्षा हुने सम्भावना देखिएको जनाइएको छ । विशेषगरी पश्चिमी क्षेत्रमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा हुने सम्भावना छ तर मध्य र पूर्वी क्षेत्रमा पनि यसको थोरै सम्भावना रहेको जनाइएको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अहिले बिहान पनि देशको मध्य तथा पूर्वी भूभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंसिक बदली रहेको मौसमविदले उल्लेख गरेका छन् ।
कमेन्ट गर्नुहोस्
