कोरोना देखिएका ८ देशका नागरिकलाई नेपाल प्रवेश गर्न ‘अनअराइभल’ भिसामा रोक

790
0
Share:

काठमाडौँ । सरकारले विश्वका आठ देशका नागरिकलाई नेपाल प्रवेश गर्न ‘अनअराइभल’ भिसामा रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अध्यागमन विभागले विज्ञप्ति निकालेर आज (मङ्गलबार) देखि थप तीन देश (फ्रान्स, जर्मनी र स्पेन) लाई पनि अनअराइभल भिसामा रोक लगाएको छ ।

गत साता सरकारले चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई नेपाल भ्रमण गर्दा दिइदै आएकोअन अराइभल भिसामा रोक लगाएको थियो। यससँगै पछिल्लो समय अनअराइभल भिसा रोक लगाइएका मुलुकको संख्या ८ पुगेको हो ।

विज्ञप्ति अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको छ ।

अब यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: