कोरोनाको प्रकोप महामारी नै भएको पुष्टि

Share:

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ (कोरोना भाइरस) को प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको पुष्टि गरेको छ। बुधबार डब्ल्यूएचओको प्रधान कार्यालय जेनेभामा भएको पत्रकार सम्मेलनमा सङ्गठनका महानिर्देशक डा. टेड्रोस अड्रानोम गब्रराइससले कोरोना भाइरसले विश्वव्यापी रुपमा निम्ताएको प्रकोपलाई महामारी भन्न सकिने बताएका हुन् ।

चीनको हुबेइस्थित वुहानबाट तीन महिनाअघि देखि फैलिएकोे कोरोना भाइरसको सङ्क्रमणका कारण हालसम्म विश्वभर चार हजार ६ सय २७ जनाले ज्यान गुमाएका छन् । एक लाख २६ हजार एक सय ४१ जना संक्रमित भएका छन्। क्रमितमध्ये ५ हजार ७ सय ९ जनाको अवस्था गम्भीर रहेको छ।

विश्वका विभिन्न देशमा एकैसाथ फैलने रोगलाई महामारी भनिन्छ। अहिलेसम्म कोरोना विश्वका एक सय २३ देशमा फैलिइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: