
काठमाडौं । कोरोनाभाइरस (कोभिड १९) का कारण भारतमा पहिलो व्यक्तिको मृत्यु भएको छ। कर्नाटक राज्यको कालाबुरागीका कोरोना संक्रमित ७६ वर्षीय वृद्धको मंगलबार राती हैदराबादको एक अस्पतालमा मृत्यु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
ती व्यक्ति साउदी अरबको भ्रमणबाट मार्च पहिलो हप्ता भारत फर्किएका थिए। फर्किँदा ज्वरो र रुघाखोकीले थलिएका उनी चिकित्सक र परिवारको सल्लाहमा हैदराबादस्थित अस्पताल भर्ना भएका थिए। उनको प्रारम्भिक रिपोर्टमा कोरोना भएको पुष्टि भएको थियो ।
कर्नाटकमा मात्रै ५ जनामा कोरोना संक्रमण देखिएको छ। भारतभर ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
कमेन्ट गर्नुहोस्
