आर्मीलाई हराउँदै मनाङ मस्र्याङ्दी आहा ! रारा गोल्डकपको फाइनलमा

Share:

पोखरा । नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब १८ औँ संस्करणको आहा ! रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगितामा बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङ फाइनल प्रवेश गरेको हो । पोखरा रङ्गशामा भएको खेलमा मनाङले आर्मीलाई ३–२ गोल अन्तरले पराजित ग¥यो ।

मनाङले खेलको सुरुवातमै अग्रता लिएको थियो । मनाङका लागि खेलको तेस्रो मिनेटमै विदेशी खेलाडी फ्लोरेन्टले गोल गरे । अन्जन विष्टको पासमा फ्लोरेन्टले गोल गरेका थिए । यस्तै खेलको २८ आँै मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाएका थिए । उनलाई समेत अन्जनले नै एसिस्ट गरेका थिए ।

आर्मीका लागि कप्तान भरत खवासले पहिलो गोल गरे । नवयुग श्रेष्ठले मिलाएको बलमा खेलको ४० औँ मिनेटमा खवासले गोल गर्दै आर्मीलाई २–१ मा पु¥याए । पहिलो हाफ २–१ को नतिजामा सकिएको थियो ।

दोस्रो हाफमा अन्जन विष्टले मनाङका लागि गोल गरे । खेलको ८० आँै मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई ३–१ ले अगाडि बढाए ।

तर यस अग्रता धेरै बेर टिक्न सकेन । अन्जनको गोलको २ मिनेट पछि आर्मीका दिपकुमार लामाले आर्मीका लागि गोल गरे । टङ्क बस्नेतको पासमा दिपले गोल गरे ।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले साविक विजेता थ्री स्टारलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाइसकेको छ । पोखरा रङ्गशालामा भएको खेलमा पुलिसले थ्री स्टारलाई ३–० ले हराउन सक्यो ।

सहारा क्लबको आयोजना र रारा चाउचाउको प्रायोजनमा फागुन २२ देखि चलिरहेको प्रतियोगिता चैत १ गते सम्म चल्नेछ । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेता टोलीले १० लाख १ हजार रुपैँया पुरस्कार पाउँदा उपविजेताले ५ लाख १ हजार पाउनेछ ।

कमेन्ट गर्नुहोस्
Share: