
एजेन्सी । माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले माइक्रोसफ्टको निर्देशक पदबाट राजीनामा दिएका छन् । उनले विश्वको स्वास्थ्य, शिक्षा र जलवायु परिवर्तन लगायत परोपकारका क्षेत्रमा काम गर्ने भन्दै पदबाट राजीनामा दिएका हुन् ।
अब बिल गेट्स माइक्रोसफ्टको प्राविधिक सल्लाहकारको रुपमा मात्र कम्पनीमा रहने छन् । बिल गेट्सले सन् १९७५ मा पल एलनसँग मिलेर माइक्रोसफ्ट कम्पनी स्थापना गरेका थिए ।
कमेन्ट गर्नुहोस्
