
पोखरा । पोखरामा शनिबार राति परेको असिना पानीले तेलहन तथा तरकारी बालीमा ठूलो क्षति पु-याएको छ । पोखरा नगरपालिका २२ उल्लेरी (साविक गाविस आरुखर्क वडा नं. ७, ८ र ९) मा तोरी, रायो साग, काउली, टमटर, केराउलगायतका तेलहन बाली र तरकारी खेतीमा पूर्ण रुपमा क्षति पु-याएको स्थानिय बुद्धि गीरीले जानकारी दिएका छन् ।
शनिबार राति ११ः३० देखि १२ः३० सम्म परेको असिना पानीले उक्त क्षेत्रका ढावा, उल्लेरी, आरुखर्क, टार्केटारी, पाउँदुरखाल्टालागायतका बालिमा क्षति पु-याएको उनले बताए । बालिमा क्षति पु-याए पछि उक्त क्षेत्रका कृषक चिन्तित बनेका छन् । उक्त क्षेत्रका अधिकांश स्थानिय वर्षऔं देखि तेलहन तथा तरकारी खेतिबाट आयआर्जन गर्दै आएका थिए ।
कमेन्ट गर्नुहोस्
