म्याग्दीमा चट्याङ लागेर दुईको मृत्यु

Share:

म्याग्दी । म्याग्दीमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउपालिका–६ खिवाङका छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

घाइते द्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । मृतक पुन र गर्बुजा छिमेकी हुन् ।

यसैबीच शनिबार रातिको वर्षासँगै यहाँ उच्च पहाडी बस्तीमा हिमपात भएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, रघुगङ्गाको कुइनेमङ्गले, मङ्गलाको टोड्के, अन्नपूर्णको राम्चे, मुदी, मल्कवाङ, मलम्पार, नारच्याङ, घोडेपानी, शिख, नागीलगायतका बस्तीमा हिमपात भएको हो । दुई–तीन फिट बाक्लो हिउँ जमेको स्थानीयवासीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: