मास्कमा कालोबजारी गरेको आरोपमा आठ पक्राउ

Share:

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आठजना पक्राउ परेका छन् ।

प्रहरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई शनिबार पक्राउ गरी लुकाएर राखिएको ७८ हजार मास्कसमेत बरामद गरेको छ । उनीहरुले पाँच रुपैयाँ पर्ने मास्कलाई ३१ रुपैयाँसम्म लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा जिल्ला काभ्रेपलाञ्चोकका मिन्टु तामाङ, ललितपुर सातदोबाटो बस्ने मानकाजी लामा, रामेछाप घर भई नागर्जुन बस्ने अनिष कार्की, बाजुरा घर भई एकान्तकुना बस्ने थुमराज उपाध्याय, कोटेश्वर बस्ने निर्प कार्की, नागार्जुन नगरपालिका–२ का उज्ज्वल अधिकारी, रामेछाप घर भई ललितपुर बस्ने शिव खड्का र काभ्रे घर भई स्वयम्भु बस्ने निशान तामाङ रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: