कार्ययोजना बनाएर अनुगमन गर्न अर्थ तथा विकास समितिको निर्देशन

Share:

पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले प्रदेश बजार अनुगमन समितिलाई कार्ययोजना बनाएर बजार अनुगमन गर्न निर्देशन दिएको छ । आइतबार समितिले प्रदेश बजार अनुगमन समितिका पदाधिकारीहरु संग बजारको पछिल्लो अबस्थाको बारेमा छलफल गर्दे समितिले बजार अनुगमन कार्ययोजना बनाएर गर्न र त्यसको रिपोर्ट त्रैमासिक रुपमा अर्थ तथा विकास समितिमा पेश गर्न पनि अनुगमन समितिलाई निर्देशन दिएको हो ।

समितिका सभापति दीपक कोइरालाले बजारमा ग्याँसको अभाव सृजना भएको खाद्यानमा मृल्यबृद्धि भएको , सामानको कृतिम अभाव सृजना भएको जस्ता गुनासो समितिमा आएको भन्दै अनुगमन समितिलाई कडाईका साथ अनुगमन गर्न निर्देशन दिएका छन् । आइतबार परेको विश्व उपभोक्ता अधिकार दिवसको शुभकामना दिदै सभापति कोइरालाले जनताको दैनिकीमा प्रत्यक्ष प्रभाव पार्ने उपभोग्य खाद्यनमा विशेष ध्यान दिन अनुगमन समितिलाई आग्रह गरे ।

अनुगमन समितिका सदस्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव किरणराज आचार्यले अनुगमनकोक्रममा उपभोक्ताले स्टक राख्ने, ब्यपारीले मौका छोप्ने जस्ता क्रियाकलाप गरेको पाइएकोले बजारमा केही समस्या देखिएको बताए । सरकारी समन्यन्त्र बाट नियमन र अनुगमन बढि आबश्यक देखएिको उनको भनाइ छ ।

उद्योग बाणिज्य तथा उपभोक्ता हित सरक्षंण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले बजारमा ६ महिनालाई पुग्ने खाद्यान, एलपी ग्याँस र ३ दिनलाई पुग्ने इन्धन रहेको बताए । शर्माले पनि उपभोक्ताले स्टक राख्दा बजारमा समस्या देखिएको बताए । माक्समा कालोबजारी गर्नेलाई कारावाही भएको भन्दै बजार अनुगमन तिव्ररुपमा गरिएको बताए । उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले सरकारले खाद्यान सामाग्री यथेष्ट छ भने पनि बजारमा भने समस्या देखिएको बताए । बजारमा अनुगमनको तौरतरिका पुरानै भएकोले बजारमा कालोबजारीमा कमि नआएको उनको भनाई थियो । अुनगमन निरिक्षक नुहदा ठाउँको ठाउँ कारवाही गर्न नसकिएको बताए ।

अर्थ तथा विकास समितिका सदस्य इन्द्रलाल सापकोटाले बजारमा देखिएका ब्यथिति अन्त्य गर्न सबै लाग्नु पर्नेमा जोड दिए । उनले बजारमा खसिको मासु भनेर बाख्रीको मासु बेच्ने गरेको गुनासो धेरै आएको भन्दै अनुगमन समितिलाई त्यस तर्फपनि ध्यान दिन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: