सुस्मीता बचाउ अभियानमा त्रिशक्ती क्लब

Share:

पोखरा। कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं ३ निवसी वर्ष १९ कि सुस्मीता परियार हाल दुवै मृगौला फेल भई पस्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा नियमीत डाइलोसिस भइरहेको परिबारले जनाएको छ ।

उपचारमा संलग्न डाक्टरका अनुसार थप उपचारको बिकल्प मृगौला प्रत्यरोपण गर्नुपर्ने सल्लाहा दिएका छन । उपचारको लागि आर्थिक अभाब भएको भन्दै आमा कमला परियारले सहयोगको अपिल गरेकी छन । सेवा नै धर्म हो, धर्म नै मानव जिवनको मुख्य कर्म हो भन्ने उदेस्यका साथ माछापुच्छ्रे त्रिशक्ती युनाइटेड क्लब माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकले आर्थिक संकलन समिति गठन गरेको छ ।

क्लबको आइतबार बसेको बैठकले सहसचिबउमेश बाँस्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो । बिदेशमा रहनु भएका नेपालीहरु बाट सुस्मीता बचाउ आर्थिक अभियानका लागि राजु क्षेत्री अपुरोको संयोजकत्वमा समिति गठन भएको छ । उपचारको लागि आर्थिक अभाब भएकोले उनका आफन्तजन, इस्टमित्र, सम्बन्धित सरोकारवाला निकाय, बिभिन्न सघं सस्था तथा सहयोगि मनहरुमा सहयोग गर्न क्लबले अपिल गरेका छ ।

सहयोग गर्न इच्छुक महनुभावहरुले उमेश बास्तोला ९८२७१०३८८२, राजु नेपाली ९८४६५९०९४५ र निराजन अधिकारी ९८१४१५२४६३ नम्बरमा सम्पर्क गर्न क्लबले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: