
दाङ- तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी अनुप बस्नेत, सोही ठाउँका २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन् ।
गएराति प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरागाउँमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ योगीले जानकारी दिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोमबार कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको थियो ।
कमेन्ट गर्नुहोस्
