
एजेन्सी। अहिले संसारभर कोरोना भाइरसका कारण मानिस जम्मा हुने गरि कुनै कार्यक्रम गरिएको छैन। खेलकुदका सबै कार्यक्रमसमेत स्थगित गरिएका छन्। तर आगामी अक्टोबरबाट सुरु हुने टी-ट्वान्टी विश्वकप भने स्थगित नहुने भएको छ।
क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी केभिन रोबर्ट्सले ट- ट्वान्टी विश्वकप नसर्ने बताएका छन् ।
टी-ट्वान्टी विश्वकपको प्रि-क्वालिफाइङ अक्टोबर १८ देखी २३ सम्म जिलोङ र होबार्टमा संचालन हुनेछ। यस्तै प्रमुख १२ राष्ट्रको भिडन्त भने अक्टोबर २४ देखी सिड्नीमा सुरु हुनेछ।
क्रिकेट अष्ट्रेलियाले विश्वकपको फाइनल खेल नोभेम्बर १५ मा मेलवर्नको एमसीजीमा गराउने तयारी समेत उनले बताए ।
गत हप्ता समापन भएको महिला टी-ट्वान्टी विश्वकपको फाइनल समेत एमसीजीमा भएको थियो ।
