एक हप्ता सम्पूर्ण खेल गतिविधि बन्द गर्न निर्देशन

Share:

काठमाडौं । नेपालमा एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द हुने भएका छन्। राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एक हप्ता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएकाले खेलका गतिबिधि बन्द हुने भाका हुन्।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को जोखिमबाट बच्न राखेपले मंगलबार एक हप्ता देशको सम्पूर्ण खेलकुद गतिविधि रोक्न निर्देशन दिएको हो ।

राखेपका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्ने निर्णय गरेको हो । राखेपले त्यस पश्चात भने परिस्थिती हेरेर निर्णय गरिने जानकारी गराएको छ ।

कोरोना भाईरस अधिकांश राष्ट्रमा फैलन गई भयावह अवस्था सिर्जना भएको र विश्वका ठुला राष्ट्रले समेत विभिन्न सचेतना अपनाईरहेको अवस्थालाई नियाल्दै बन्द गरिएको राखेपले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: