अव्यवस्थित बसोबासीको समस्या उठाइरहनुपर्ने अवस्था अन्त्य हुन्छ- मन्त्री अर्याल

267
0
Share:

काठमाडाै‌ं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भूमिसम्बन्धी सम्पूर्ण समस्याको एकिकृत ढंगले समाधान गर्ने गरी सरकारले काम गरिरहेको स्पष्ट पारेकी छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा भूमिसँग जोडिएर सदनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सबै समस्याको एकिकृत समाधान गर्ने गरी आवश्यक ऐन, नीति, नियमावली र आयोग गठनको तयारी भइरहेको बताइन्।

उनले सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या उठाइरहनुपर्ने अवस्थाको अन्त्य गरिने प्रतिबद्धता जनाइन्। उनले सुकुमबासी, अव्यवस्थिति बसोबास, मोही, वादी, विर्ता, उखडा, स्ववासी, रैकरलगायत भूमिसँग जोडिएका सबै समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताइन्।

कमेन्ट गर्नुहोस्
Share: