‘ग्यास अभाव छैन, आवश्यकता भन्दा बढी ग्यास सञ्चय नगरिदिनुहोस्’

521
0
Share:

काठमाण्डाै – नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ ।

विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताउँदै संघले अहिले बजारमा ग्यास अभाव नरहेको जनाएको हो । संघले सोमबार पत्रकार सम्मेलन गर्दै साधारण खपतभन्दा बढी ग्यास आयात भइरहेकोले अभाव नहुने बताएको हो ।

कोरोना भाइरसको प्रभाव नेपालमा पनि पर्न सक्ने त्रासले उपभोक्ताहरुले आवश्यकता भन्दा बढी ग्यास भरेर राखेकाले केही समस्या सिर्जना भएको संघले जनाएको छ । ग्यासको आयात विगतभन्दा बढी भएकाले उपभोक्ताहरुले धैर्य गरी आवश्यकता भन्दा बढी ग्यास सञ्चय नगर्न पनि आग्रह गरेको छ ।’

कमेन्ट गर्नुहोस्
Share: