
एजेन्सी। कोरोना भाइरस फैलिएसँगै भारतमा गाईको गोबर र गहुँत धमाधम बिक्री हुन थालेको छ। इकोनोमिक टाइम्सका अनुसार पश्चिम बंगाल आसपास क्षेत्रमा गोबर र गहुँत ८०० रूपैयाँ किलो-लिटरमा बेचिएको छ।
डेरी व्यवसाय गर्दै आएका स्थानीय मावुद अलीका अनुसार कोरोना भाइरसको संक्रमणबाट बचिने भन्दै गोबर र गहुँत किन्न आउनेको संख्या बढ्दो छ।
संसारभर फैलिरहेको कोरोना संक्रमण रोक्ने भन्दै अनेक भ्रम फैलिएका छन्। मान्छे पिरो, रक्सी खानेदेखि गहुँत वा गोबरसम्मको पुगिसके। तर विश्व स्वास्थ्य संगठनले गरेकाे अध्ययनमा यी सबै भ्रम हुन्।
कमेन्ट गर्नुहोस्
