
पोखरा। कास्कीमा एक बिदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्। ७० वर्षीय अमेरिकी नागरिक मार्क स्चोनेफेल्ड मंगलबार मृत अवस्थामा फेला परेका हुन्।
५९५६२४७१२ राहदानी नम्बर भएका मार्क डिहिकोपाटनमा रहेको भिजिट ईन नेपाल होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ। गत फागुन २८ बाट त्यहीं बस्दै आएका मार्क आज बिहान ८:४५ मा मृत फेला परेका हुन्।
घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
