
काठमाडौं । नेपाल वायुसेवा निगमले मलेसियाको क्वालाम्पुर नियमित उडान स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न मलेसिया सरकारले विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएकाले निगमले अर्को निर्णय नहुन्जेलसम्मका लागि स्थगित गरेको हो ।
मार्च १७ र सो पछिका उडानको टिकट खरिद गरेका यात्रुहरूलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने निगमले जनाएको छ ।
निगमले यसअघि कतारको दोहा उडान स्थगित गरेको थियो भने भारतको दिल्लीतर्फको उडान संख्या घटाएको छ ।
कमेन्ट गर्नुहोस्
