
काठमाडौँ — सरकारले एसईईसँगै चैतमा हुने विश्वविद्यालयका पनि सबै परीक्षा स्थगित गरेको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले सबै परीक्षा परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको थियो ।
बैठकपछि सरकारले एसईई सँगै चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैतमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न विश्वविद्यालय र सीटीइभीटीलाई निर्देशन दिइएको बताए ।
राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ र १२ को परीक्षा भने एक महिनापछि हुने भएकाले हाललाई कुनै निर्णय लिइएको छैन । यसअघि विश्वविद्यालयको परीक्षासम्बन्धमा निर्णयका लागि बिहीबार पदाधिकारीलाई छलफलका लागि शिक्षा मन्त्रालयमाबोलाउने भनिएको थियो । तर, केही घन्टापछि परीक्षा रोक्ने निर्णय भएको हो ।
बुधबार कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विश्वविद्यालयसहित बाल विकास केन्द्र,आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।
विश्वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्वविद्यालयहरुको पठनपाठन चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।
