
पाेखरा । हेमजा स्वस्थ्य चौकी पोखरा २५ हेमजामा दादुरा रुबेला खोप अभियान २०७६ का लागि बुधबार वडा खोप समन्वय समिति अभिमुखकिरण कार्यक्रम भएको छ ।
कार्यक्रममा जनप्रतिनिधि ,समितीका सदस्य ,बुद्धिजीवी ,समाजसेवी ,सन्चारकर्मी ,सुरक्षाकर्मी र कर्मचारीहरुको सकृय सहभागीता रहेको थियो ।
कार्यक्रममा दादुरा रुबेला भनेको के हो ? यसलाई रोकथाम गर्ने उपाएको साथमा यसको लक्षेणको बारेमा चर्चा गरिएको थियो । दादुरा रुबेला खोप अभियान २०७६ यहि चैत १० गतेदेखि १४ गतेसम्म हेमजाका बिभिन्नि १० ठाउँमा गरिने छ । जसको लागि २० महिला स्वयमसेबीकाको साथमा ६ कर्मचारीको सहभागिता रहने छ ।
सो अबसरमा नौ महिना देखी ५ बर्ष मुनिका १४४५ बालबालिकालाई खोप लगाउने हेमजा स्वस्थ्य चौकी प्रमुख कुस्मराज सुबेदीले जानकारी दिए । वडा खोप समन्वय समितिका अध्यक्ष शोभाकर तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रमुख सुबेदीले गरेका थिए ।
