सूचना जारी गर्दै चलचित्र हलहरु बन्द

246
0
Share:

काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दै चलचित्र हल बन्द गर्ने निर्णय गरेसँगै नेपालमा सबै चलचित्र हल बन्द गरिएका छन् । हलहरुले सूचना जारी गर्दै बिहीवारदेखि हल बन्द गर्ने निर्णय गरेका हुन् ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले चलचित्र हलसँगै सांस्कृतिक केन्द्रहरु, रंगशाला, क्लब, मनोरञ्जन स्थल पनि बन्द गर्ने निर्णय गरेको थियो ।

नेपालमा कोरोनाको संक्रमण फैलिन नदिन सरकारले सचेतना अपनाएको छ । सरकारले विनाकाम कसैलाई पनि घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: