मनकामना केबलकार अनिश्चितकालका लागि बन्द

717
0
Share:

चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले मनकामना केबलकार, हाटबजार र सिनेमाघर अनिश्चितकालका लागि बन्द गर्न निर्देशन दिएको छ ।

‘आजैका दिनदेखि सीट क्षमताका मात्र सार्वजनिक सवारी साधनमा यात्रा गर्न, गराउन र चितवन जिल्लामा सञ्चालित हाटबजार, सिनेमाहल, केबलकार लगायत भीडभाडयुक्त सबैखाले जमघट बन्दगरी कोरोनाबाट बच्न र बचाउन सहयोगका लागि सम्बद्ध पक्षसँग आग्रह गरिन्छ,’ प्रशासन कार्यालयको विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: