कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघ्यो, ज्यान गुमाउने चीनमा भन्दा इटलीमा धेरै

Share:

काठमाडौं । कोरोना (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार नाघेको छ । गत डिसेम्बरको अन्तिम साताबाट देखिएको कोरोनाले आज (शुक्रबार) बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोरोनाको उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ । चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।

पछिल्लो समय इटली, इरान, स्पेन, फ्रान्स, अमेरिका, बेलायत लगायतका देशमा नयाँ सङ्क्रमण र ज्यान गुमाउनेको सङ्खया उच्च रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: