
काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा बम विस्फोट गराएको अभियोगमा तीन जना पक्राउ परेका छन् । उनीहरु सबै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न कैलालीका लक्ष्मण सेठी, कैलालीकै अमृत कुमाल र कालीकोटका टेक लोहारलाई पक्राउ गरिएको हो। महानगरीय अपराध महाशाखा, काठमाडौंको टोलीले उनीहरुलाई बिहीबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको जनाइएको छ ।
गत फागुन २८ गते बिहान ०७ः४५ बजे बाँस्कोटाको निर्माणाधीन घरमा बम विष्फोट भएको थियो। विस्फोटबाट उनका छिमेकीको घरमा समेत क्षति पुगेको थियो ।
कमेन्ट गर्नुहोस्
