एम्बुलेन्सको ठक्करबाट दुईको मृत्यु

367
0
Share:

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ९ झिल्केटोलमा एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। १ जना घाईते भएका छन्।

चुहाडेबाट सदरमुकाम गाईघाटका लागि छुटेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले बाटो छेउमा बसिरहेका एक बालकसहित ३ जनालाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका १४ वर्षीय रोशन दनुवारको उपचारको क्रममा विराटनगरस्थित न्यूरो अपस्पतालमा आज बिहान मृत्यु भएको छ।

अर्का घाइते ६२ वर्षीय तिलक दनुवारको गएराती नै जिल्ला अस्पताल उदयपुरमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: