
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक आज मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
बैठकमा कोरोना भाइरस रोकथाम र नियन्त्रणमै केन्द्रित हुने जनाइएको छ। यस्तै सरकारले अत्यावश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेको निर्णय कार्यन्वयनका सन्दर्भमा समेत छलफल हुने बताइएको छ ।
यसअघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो ।
कमेन्ट गर्नुहोस्
