
तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१८ घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्दै आएकी २५ वर्षीया शर्मिला ठकुरी रहेकी छन्।
मुग्लिङबाट पोखरातर्फ आउँदै गरेको ग१ख ४९०० नम्बरको बस सडकमा पल्टिँदा च्यापिएर ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र एक जनालाई काठमाडौँ पठाइएको छ भने अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
