आजदेखि भारत र चीनका सीमा नाका बन्द, अन्तर्राष्ट्रिय हवाई उडान पनि रोकियो

Share:

काठमाडौं ।  कोरोना भाइरस (कोभिड(१९) को संभावित जोखिम न्यूनीकरणका लागि सरकारले आजदेखि देशका भारत र चीनका सबै सीमा नाका बन्द हुने भएको छ ।

आइतबार (हिजो) बेलुकी बसेको मन्त्रीपरिषद बैठकले निर्णय गरेअनुसार आज विहान १० बजेदेखि चैत १६ गतेसम्म भारत र चीनतर्फका सबै नाका बन्द गर्न लागिएको हो। नाकाहरु लामो समय रोक्नुपर्ने अवस्था आएमा दुईपक्षीय वार्ताबाट निर्णयमा पुगिने जनाइएको छ। सीमा वारपारको ढुवानी भने नियमित हुनेछ ।

यस्तै आइतबार मध्यरातबाट नेपाल आउने हवाई उडानहरू रोकिएका छन्। नागरिकहरू सकेसम्म घर बाहिर निस्कन र भीडमा नजान सकारले अपिल गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: