स्यानिटाइजर बनाउने तालिम सम्पन्न

Share:

पोखरा । विश्वव्याधि कोरोना भाइरसले समाजलाई आक्रान्त पारिरहँदा यसबाट जोगिने उपाय स्वरुप पोखरा मझेरी पाटन स्थित पाइला महिला समूहले घरेलु स्यानिटाइजर बनाउने तालिम सम्पन्न गरेको छ ।

घरेलु स्यानिटाइजर बनाउँदा अल्कोहल, ग्लिसरिन र ध्युकुमारीको जेललाई मिश्रण गरिएको थियो । स्यानिटाइजर बनाउने प्रशिक्षण शान्ति श्रेष्ठ उदासले दिएकी थिइन । महिला समूहका १९ जनाले उक्त तालिम लिएका थिए । तालिमका दौरान महामारीबाट जोगिन सुरक्षा सतकर्ता अपनाइएको थियो । सहभागी सबैजनाले विधिपूर्वक आ–आफ्नो हात धोएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा हात धुने तरिका सहित सामूदायिक र घरेलु स्वास्थ्यका बिषयमा पनि प्रशिक्षण दिइएको थियो । तालिम पछिको औपचारिक कार्यक्रममा बोल्दै समुहकी अध्यक्ष प्रतीक्षा न्यौपानेले प्रशिक्षणका क्रममा उत्पादितमा थप गरी पोखरा महानगर पालिकाको वडा नम्बर १४का सबै घर धुरीलाई निःशुल्क रुपमा घरबुना स्यानिटाइजर वितरण गर्ने योजना रहेको सुनाइन ।

खड्का कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रदेश सभाका माननीय सभासद प्रभा कोइरालाले सामूदायिक स्वास्थ्य कायम राख्न र कोरोनाको प्रकोपबाट जोगिन प्रदेश सरकारले ल्याएका कार्यक्रमहरुको बारेमा प्रकाश पारेकी थिइन । प्रतिक्षा न्यौपानेको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमको संयोजना सरला खड्काले गरेकी थिइन् ।

कमेन्ट गर्नुहोस्
Share: