कास्कीमा एक पुरुष मृत फेला

Share:

पोखरा । कास्कीको माछापुछ्रे गाउँपालिकामा आज (शनिबार) एक पुरुष मृत भेटिएका छन् ।

शनिबार करिव १०ः३० बजेको समयमा माछापुच्छ्रे –९ चित्रे स्वारा ठाडोखोला छेउमा अन्दाजी बर्ष ६० को एक पुरुष मृत भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरीनायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिएका छन् ।

उनका अनुसार मृत पुरुषको हालसम्म नाम, थर, वनत खुलेको छैन । घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: