नेपालमा कोरोना संक्रमितको संख्या पाँच पुग्यो

Share:

काठमाडौं ।  नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या पाँच पुगेको छ । बागलुङकी २२ वर्षीया युवतीमा पनि कोरोना पोजिटिभ देखिएको हो। यही चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

पाँचौं संक्रमित युवतीको अहिले बाग्लुङ अस्पतालमै उपचार भइरहेको छ। बाग्लुङ अस्पतालबाटै थ्रोट स्वाब झिकेर जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ती युवतीमा कोरोना देखिएको हो। उनी चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानमार्फत् काठमाडौं आएको खुलेको छ।

त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । ती युवतीमा संक्रमण देखिएलगतै सरकारले लकडाउनको घोषणा गरेको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: