
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ । ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
टेरेसा स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् । टेरेसाका कुनै सन्तान छैनन् । उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन् ।
टेरेजाको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको निधनपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
स्पेनमा कोरोना सङ्क्रमित आठ सय ४४ जनाको ज्यान गएको छ । स्पेनमा अहिलेसम्म पाँच हजार ९ सय ८२ जनाको ज्यान गएको छ भने ७३ हजार दुई सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
