
काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या ३० हजार ८ सय ७९ पुगेको छ। हिजो एकै दिन विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
भाइरसबाट ज्यान गुमाउनको सङ्ख्यामा इटली सबैभन्दा अघि छ । इटालीमा एकै दिन (हिजो) आठ सय ८९ जनाको मृत्यु भएको छ। यो सँगै इटलीमा १० हजार २३ जनाको ज्यान गइसकेको छ । इटलीपछि स्पेनमा पाँच हजार ९ सय ८२, चीनमा तीन हजार तीन सय, इरानमा दुई हजार पाँच सय १७, फ्रान्समा दुई हजार तीन सय १४ र अमेरिकामा दुई हजार दुई सय ११ जनाको ज्यान गएको छ ।
यस्तै सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै अमेरिकामा एक लाख २३ हजार चार सय २८ पुगेको छ । अमेरिकापछि इटलीमा सङ्क्रमितको सङ्ख्या ९२ हजार चार सय ७२ पुगेको छ । चीन तेस्रो नम्बरमा छ, जहाँ ८१ हजार चार सय ३९ जना सङ्क्रमित भएका छन् ।
विश्वभर अहिलेसम्म ६ लाख ६३ हजार ७ सय ४० जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख ४२ हजार १ सय ८३ जना उपचारपछि निको भइसकेका छन्।
