
काठमाडौं । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री चीनबाट लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ ।
नेपाल एयरलाइन्सका चीनले दिएका साढे १२ टन स्वास्थ्य सामग्रीको पहिलो लट लिएर एयर बस ए ३३० जहाज बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।
चीनको ग्वान्जओबाट विभिन्न १९ थरी स्वास्थ्य सामग्रीसहित विमान नेपाल आइपुगेको हो। ती सामग्री लिन शनिबार मध्याह्न वाइबडी चार्टर विमान ग्वाङ्झाओ गएको थियो ।
यस्तै, ती स्वास्थ्य सामग्री सेनाको हेलिकोप्टरबाट सातै प्रदेशमा आइतबारबाटै वितरण गरिँदैछ।
कमेन्ट गर्नुहोस्
