कोरोनाले अर्थतन्त्र ध्वस्त पारेको भन्दै जर्मनीका अर्थमन्त्रीले गरे आत्महत्या

Share:

काठमाडौं । जर्मनीको हेस्से राज्यका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन्। कोरोना भाइरसका कारण ध्वस्त भएको अर्थतन्त्रदेखि चिन्तित भएर अर्थमन्त्री सेफरले आत्महत्या गरेका जनाइएको छ ।

राज्यका मुख्यमन्त्री वोल्कर बुफिएले अर्थतन्त्रप्रति ‘गहिरोगरी चिन्तित’ भएपछि मन्त्रीले आत्महत्या गरेको बताएका छन्। ५४ वर्षीय मन्त्री सेफर शनिबार रेल्वे ट्रयाक नजिक मृत अवस्थामा फेला परेका थिए।

हेस्स जर्मनीको आर्थिक राजधानी फ्रयाङ्कफर्ट शहर रहेको राज्य हो। यूरोपेली केन्द्रीय बैंकको कार्यालय समेत फ्रयाङ्कफर्टमा अवस्थित छ। उनले हेस्स राज्यको अर्थमन्त्रीको रुपमा दश वर्षसम्म जिम्मेवारी सम्हालेका थिए।

कमेन्ट गर्नुहोस्
Share: