कोरोना संक्रमणबाट फ्रान्सका पूर्वमन्त्रीको निधन

Share:

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट फ्रान्सका पूर्वउद्योग मन्त्री पाथ्रिक देभेंजको निधन भएको छ। उनको आइतबार पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण भएको आशंकामा उनलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो । ७५ वर्षीय देभेंज सन् २००८ को डिसेम्बर ५ देखि २०१० को नोभेम्बर १३ सम्म मन्त्री बनेका थिए।

कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा हालसम्म २ हजार ३ सय १४ जनाले ज्यान गुमाएका छन् भने ४० हजार संक्रमित बनेका छन्।

कमेन्ट गर्नुहोस्
Share: