संयम रहेर कोरोना नियन्त्रणमा सघाउन सांसद बिद्या भट्टराईको अपिल

Share:

पोखरा । प्रनिनिधि सभामा कास्की निर्बाचन क्षेत्र न २बाट निर्बा्चित सांसद बिद्या भट्टराईले कोरोना भाईरसले हामी सबैलाई निकै त्रसित र भयभित बनाएको अबस्थामा संयम रहेर यसको रोकथाम र नियन्त्रणमा विभिन्न तहका सरकारले अघि सारेका काममा सहयोग गर्न कास्की क्षेत्र न २ र आम देश बासिहरुमा अपिल गरेकी छन् ।

सोमबार एक प्रेस बिज्ञप्ति मार्फत सांसद भट्टराईले विश्वलाई नै चुनौती दिएको यो नियन्त्रण गर्न र जनताको स्वास्थ्यको रक्षा गर्न सरकार उच्च स्तरको कार्यमा लागिरहेको भन्दै सबैलाई उच्च सतर्कताका साथ् आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गरेकी हुन् । बिज्ञप्तिमा संक्रमण फैलिन नसकोस भन्ने उद्धेश्यका साथ लकडाउनको समय अवधि थप गरिएको छ र यस अवधिमा जिवनमा आएको असहज परिस्थितिमा पनि कास्की क्षेत्र नं. २ का सम्पुर्ण आदरणीय आमाबुबा, दिदिबहिनी दाजुभाइहरुकोको धैर्यताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यो असामान्य परिस्थितिलाई सामना गर्नका लागि लकडाउन एक मात्र उपाय भएका कारण यसलाई पूर्ण रुपमा पालना गर्नहुनका लागि पनि हार्दिक अनुरोध गर्दछु भट्टराईले भनेकी छन् । अहिले सम्म नेपालमा ५ जना व्यक्तिमा कोरनाको संक्रमण देखिएकोमा एक व्यक्ति उपचार पश्चात् निको भई नियमित काममा फर्कनु भएको छ भने चार जना उपचार गराईरहनु भएको छ ।

यो विषम परिस्थितिमा आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर सेवा प्रदान गरिरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरू प्रति उच्च सम्मान व्यक्त गर्दै उहाँहरूको आत्मबल बढाउनका लागि बिमा र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णय प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु उनले उल्लेख गरेकी छन् । नेपाल सरकारले लकडाउन को समय अवधि थप गर्दै राहत प्याकेजको समेत घोषणा गरेको छ यसले विपन्न समुदाय र श्रमिकहरुलाई राहतको महसुस गराएको छ । यो संकटको अवस्थामा निरन्तर आफ्नो कार्यक्षेत्रमा कृयाशिल, सुरक्षाकर्मीहरू, सूचना संप्रेषण गरिरहनु भएका सम्पूर्ण सञ्चारकर्मीहरुमा हार्दिक सम्मान व्यक्त गर्दछु । विदेश बाट फर्किएर आउनु भएका सम्पूर्ण ब्यक्तित्वहरुलाई सुरक्षित रूपमा सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न हुन अनुरोध गर्दछु । व्यक्ति आफु सुरक्षित रहन सकेमा संक्रमणको जोखिममा कमि हुनेछ भन्ने सवालमा हामी सबैको होशियारी आवश्यक हुन्छ । तीनै तहका सरकारले आफ्नो तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण, उपचारका सवालमा गरेका प्रयासहरू सकारात्मक छन् । आज हामी सबैको सामु यो विषम परिस्थिति उत्पन्न भएको छ सधै जस्तै साथमा रहिरहने छु भन्ने विश्वास यहाँहरुलाइ दिलाउन चाहन्छु । उनले भनेकी छन् । जनताहरुको समस्या समाधानका लागि सम्बन्धित निकायहरुसंग समन्वयकारी भूमिका निर्वाह गरिरहेको भन्दै भट्टराइले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पूर्ण रूपमा पालना गरिदिनुहुन र कोरोना भाइरसको महामारीबाट बच्न अत्यावश्यक काम बाहेक घर भित्रै बसेर सहयोग गर्नु हार्दिक अनुरोध गरेकी छन् ।

कमेन्ट गर्नुहोस्
Share: