वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको मृत्यु

Share:

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला र अर्का एक ५० वर्षका पुरुष छन् ।

निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । यसै साता भारतबाट नेपाल आएकी उनलाई बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो।

यस्तै, ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । लगभग बेहोस अवस्थामा ल्याइएका उनी पनि भर्खरै भारतबाट आएको खुलेको छ।

अस्पताल स्रोतका अनुसार दुवै बिरामीमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि थ्रोट स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट भने आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्
Share: