
बुटवल । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल (क्वारेन्टाइन) मा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना नगरपालिका–४ बस्ने ३४ बर्षिय बाबुराम थापा क्षेत्रीको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ ।
आइतबार मृत्यु भएका क्षेत्रीको पहिलो रिपोर्ट नेगेटिभ आएपछि शंका लागेर दोस्रो पटक परीक्षणका लागि पठाइएकोमा सोमबार दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।
चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर सैनामैना पुगेका थिए । उनलाई उतैबाट आउँदा ज्वरो आएको भए पनि घरमै बसेर औषधि सेवन गरेकामा निको नभएपछि चैत १३ गते अस्पताल आएका थिए । उनका एक श्रीमती र दुई छोरा छन् ।
यो पनि पढ्नुहोस् :
क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु
