माछा मार्ने क्रममा मोदी खोलाले बगाउँदा एक व्यक्ति बेपत्ता

Share:

पर्वत, १७ चैत्र । पर्वतको मोदी खोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक व्यक्ति बेपत्ता भएका छन् । आइतबार राती करिब साढे १० बजे मोदी गाउँपालिका–२ सिमखेत स्थित मोदी खोलामा माछा मार्ने क्रममा मोदी गाउँपालिका–६ गिज्याङ बस्ने वर्ष ३६ को दिपक खड्कालाई अचानक खोलाले बगाएको गण्डकी प्रदेश प्रहरी कार्यालय कास्कीका प्रहरीनायव उपरीक्षक राजेन्द्र बावु रेग्मीले जानकारी दिएका छन् ।

खड्कासँग सोही गाउँ निवासी वर्ष २६ को गणेश के.सी.पनि माछा मार्न गएका थिए । घटना बारे के.सी.ले नै आज प्रहरीलाई खबर गरेका हुन् । उनले अन्दाजी ५० मिटर तल पानीको भेलमा खड्काले लगाएको कपडा समेत देखिएको भन्दै आज विहान ०९ः०० बजे प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । जानाकारी गराउन साथ तत्कालै घटनास्थलमा प्रहरी टोली खटिई खोजि कार्य भईरहको छ ।

कमेन्ट गर्नुहोस्
Share: