जापानी कमेडियन शिमुराको कोरोना संक्रमणबाट नधन

Share:

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जापानी कमेडियन केन शिमुराको निधन भएको छ । ७० वर्षीय शिमुरा अस्वस्थ भएपछि उनी मार्च २० मा अस्पताल भर्ना भएका थिए। मार्च २३ मा उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।

उनी कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो जापानी स्टार भएका छन् । उनी सन् १९७० को दशकदेखि जापनका चर्चित र उत्कृष्ट कमेडियनका रुपमा परिचित थिए । उनले स्ल्यापस्टिक (अस्वभाविक शारीरिक गतिविधि) कमेडियनका रुपमा परिचय बनाएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: